बैतडी– गुणस्तरिय शिक्षा तथा शैक्षिक निति सम्बन्धि बिज्ञ र सरोकारवालाहरु बिच एक दिने अन्तरक्रिया कार्यक्रम बैतडीको पाटनमा सम्पन्न भएको छ ।
पाटन नगरपालिकाको आयोजना एवं सरोकारवालाहरु संगको सहकार्य र समन्वयमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
पाटन नगरपालिका भित्र रहेका ६३ वटा सामुदायिक विद्यालय र चार वटा संस्थागत विद्यालयका अध्यक्ष, प्रधानाध्यापक र जनप्रतिनिधीहरुको सहभागिता रहेको उक्त कार्यक्रम पाटन नगरपालिकाका नगरप्रमुख गौरी सिंह रावलको सभाध्यक्षतामा संचालन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी एवं प्रशिक्षक शिक्षा विद प्राध्यापक डा। विद्यानाथ कोइराला रहनु भएको थियो । शिक्षाको गुणस्तर सुधारका लागि सरोकारवालाहरुको भुमिका र जिम्मेवारी बारे बृहत छलफल गरिएको शिक्षा शाखा प्रमुख ललित कुमार पाण्डेयले बताए ।
यस्तै सामुदायिक विद्यालयहरुको साझा छाता संगठन सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको १० औं स्थापना दिवसको अवसरमा पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा सहकार्य गरिनुका साथै देबदत्त भट्टराईको अध्यक्षतामा नगर स्तरिय स्थानिय समिति गठन गरिएको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रेम सिंह भाटले बताए ।
“गुणस्तरीय शिक्षाका लागि विद्यालयमा सुशासन, जिम्मेवार र सक्षम विद्यालय व्यवस्थापन” भन्ने मुल नाराका साथ २०७० सालमा स्थापना गरिएको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाहरुमा जिल्ला स्तरीय समिति गठन गरि सकेको छ भने १५ वटा भन्दा बढी पालिकाहरुमा पालिका स्तरिय समिति गठन गरिएको जनाएको छ ।
शैक्षिक सत्र २०८१ को शुरुवात संगै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले “हामी सुधार्छौ हाम्रो विद्यालय” राष्ट्रिय अभियान संचालन गरिएको र यस अभियानलाई सफल पार्न सबै सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । विद्यालयका अध्यक्ष प्रधानाध्यापक लगायत जनप्रतिनिधीहरुको सहभागिता रहेको उक्त कार्यक्रम उपलब्धि मुलक रहेको सहभागिहरुले जनाएको छ ।