बैतडीमा पहिलो पटक भलिबल खेल महोत्सव हुदै, सबै विधामा ५ लाखबढी पुरस्कार

बैतडीमा बृहत भलिबल प्रतियोगिता सहित महोत्सव आयोजना हुने भएको छ। जिल्ला खेलकुद महासंघको आयोजनामा बृहत भलिबल प्रतियोगिताको तयारी भइरहेको प्रदेश रेफ्री एवं दशरथचन्द नगरपालिकाका खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए।

पुरुषतर्फ र महिलातर्फको पुरस्कार राशी समान ७७ हजार ७७७ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने घोषणा गरिएको छ । द्धतिय पुरस्कार ५५ हजार ५५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र, तृतिय पुरस्कार ४४ हजार ४४४ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र, सान्त्वना पुरस्कार ३३ हजार ३३३ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र र अनुशासित टिमलाई ११ हजार १११ रुपैया नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने घोषणा गरिएको छ।

यसैगरी उत्कृष्ठ खेलाडीलाई ७ हजार ७७७ रुपैया पुरस्कार प्रदान गरिने छ । बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट ब्लकर, बेस्ट डिफेन्सर,बेस्ट सरबर, उदयमान खेलाडी र सिनियर खेलाडीलाई जनही ३ हजार ३३३ रुपैया नगद, ट्रफी मेडल प्रमाणपत्र प्रदान गरिने छ। यसैगरी उत्कृष्ट टिम प्रशिक्षक र व्यवस्थापकलाई पनि सामान ५ हजार ५५५ रुपैया पुरस्कार प्रदान गरिने छ ।

माथि उल्लेखित पुरस्कार राशी महिला पुरुष दुवै टोलीमा लागु हुने प्रदेश रेफ्री चन्दले जानकारी गराए ।
केही दिनमै पत्रकार सम्मेलनको आयोजनागरी खेल आयोजना हुने स्थान र मितिको टुंगो लगाइने बताइएको छ।
स्वास्थ्यका लागि खेलकुद, राष्टका लागि खेलकुद, बैतडीका लागि खेलकुद भन्ने नाराकासाथ, सास्कृति पर्यटन महोत्सव तथा बृहत भलिबल खेल महोत्सवकको आयोजना गरिन लागिएको हो । बैतडीमा यस्तो कार्यक्रम पहिलो पटक आयोजना गरिन लागिएको हो। यस प्रतियोगितामा करिब सवा पाँच लाख खर्च पुरस्कार राशीमै खर्च हुन गइरहेको छ।

Leave A Reply

Your email address will not be published.