कोल्तडा आधारभुत बिद्यालयको छानो हावाहुरीले उडायो, मर्मतको लागि आग्रह

बैतडी : शनिबार दिउँसो पानीसंगै आएको हावाहुरीले कोल्तडा आधारभुत बिद्यालयको छानो उडाएको छ। मेलौली नगरपालिका–०९ काकडी स्थित दुईकोठे भवनको छानो उडाएको बिद्यालयका प्रधानाध्यापक महेश बहादुर चन्दले बताए।

हावाहुरीले छानो उडाउनुका साथै छानोमा प्रयोग गरिएको काठमा समेत क्षति पुर्याएको छ। हावाहुरीले छानो उडाएपछि एकलाँख बढीको क्षति भएको अनुमान गरिएको छ।

जस्तापाताले छाएको छानो उडाएको विद्यालयले जनाएको छ। बिद्यालयको आर्थीक अवस्था कमजोर भएकाले छानो मर्मतका लागि स्थानीय सरकारलाई आग्रह गरिएको छ।

Leave A Reply

Your email address will not be published.