बैतडी : मेलौली नगरपालिका–०८ कोटिगाँउमा समाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। आईतबार वडाका बिभिन्न ठाँउहरुबाट समाजिक सुरक्षा भत्ता वितरणसगैं जेष्ठ नागरीकको स्वास्थ्य परिक्षण समेत गरिएको वडा अध्यक्ष तपेन्द्र सिह बिष्टले बताए।
पहिलो चरणको सामाजिक सुरक्षा भत्ता बितरण सङ्गै स्वास्थ्य शिबिर कार्यक्रम कार्यक्रम सम्पन्न भएको वडा अध्यक्ष बिष्टले बताए। बाकी रहेका समाजिक सुरक्षा भत्ता लाभग्राहीहरुको बितरणको काम मङ्गलबार (चैत २० गते) वडा कार्यालयबाट र अति अशक्तहरुलाई घरमै दिईने उनले बताए।
स्वास्थ्य शिबिरबाट रक्तचाप, दम, सुगर, ग्याष्ट्रिक रोग लगायतका बिरामीहरुले सेवा लिएका छन। सामाजिक सुरक्षा भत्ता वितरण कार्य मेलौली नगरपालिका पञ्जीकरण शाखा प्रमुख अनिता नेगि र कुमारी बैंक मेलौली शाखाको समन्वयमा वितरण गरिएको हो।
स्वास्थ्य शिबिरमा केशरपुर प्राथमीक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेसकान्त दयाल, अहेब लोकराज भट्ट, आधारभुत स्वास्थ्य सेवा केन्द्र मेलौली ०८ का प्रमुख दिपक बागले जेष्ठ नागरीकको स्वास्थ्य परिक्षण गरेका थिए।
गाँउमै भत्ता र स्वास्थ्य परिक्षण गराउन पाउदा आफुहरु ज्यादै खुसि भएको बृद्धबृद्धाहरुले बताए।