बझाङमा एकै दिन तीन घरमा आगलागी

बझाङ- बझाङमा एकै दिन तीन घरमा आगलागी भएको छ।

मष्टा गाउँपालिका –६ रिलुका जिते रोकाया, ईश्वर रोकाया र लोकेन्द्र रोकायाको घरमा आज ९सोमवार० दिउँसो आगलागी भएको हो।

सङ्गै जोडिएका ३ तले पथ्थरले छाएका घरहरुमा आज दिउँसो साढे १२ बजेतिर अचानक आगलागी भएको प्रहरीले बताएको छ। स्थानिय र प्रहरीको सहयोगमा आगलागि नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। आगलागीबाट भएको क्षतिको पुर्ण विवरण आउन भने बाँकि रहेको प्रहरीले जानकारी दिएको छ।

Leave A Reply

Your email address will not be published.