बैतडी : शिबनाथ गाउँपालिका–०६ बसेडिभ्वामा ६० जाना बढिको खकार जाच गरिएको छ। सोमबार १ दिने शिबिर सञ्चालन गर्दै ६० जना बढिको खकारको नमुना संकलन गरिएको वडा अध्यक्ष भरत राम पार्कीले बताए।
क्षयरोगको जोखीम तथा स्वास्थ्य सेवाको पहुच कम भएका ब्यक्तिहरुको लागि १ दिने खकार जाच शिबिर सञ्चालन गरिएको जनाईएको छ। शिबिर शिबनाथ स्वास्थ्य चौकी हिरापुरमा सञ्चालन गरिएको वडा अध्यक्ष पार्कीले बताए।
शिबनाथ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा खकारजाच शिबिरको आयोजना गरिएको हो। क्षयरोग खोजपतालका लागि खकारको नमुना संकलन गरिएको हो। खकारको नमुना संकलनसगै समान्य औषधी समेत वितरण गरिएको वडा अध्यक्ष पार्कीले बताए।
खकारको रिपोर्ट केहिदिनमै आउने जनाईएको छ। भोली वडा न ५ मा खकारको नमुना संकलन गरिने शिबनाथ गाँउपालिकाले जनाएको छ।