बैतडी नेकपा एमाले पाटन नगरकमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अभिवेशनले धर्मराज भट्टको अध्यक्षतामा ५५ सदस्यीय नगरकमिटी चयन गरेको एमाले जिल्ला कमिटीका उपाध्यक्ष लोकेन्द्र भण्डारीले बताउनुभयो ।
उपाध्यक्षमा भिम भट्ट, सचिव रमेश बिष्ट, उपसचिव महेशप्रशाद पन्त र हरु भट्ट, चयन भएको उपाध्यक्ष भण्डारीले बताउनुभयो ।पाटन नगरपालिका वडा कमिटीहरु यही चैत्र महिना भित्र गठन गरिसक्ने निर्णय समेत भएको जनाएको छ।
पाटनमा भएको दोस्रो नगर अधिवेशनमा केन्द्रीय सदस्य लिलाधर भट्ट, प्रदेश सदस्यहरु, जिल्ला अध्यक्ष नरेश विक लगायतका जिल्ला कमिटीको टिम, जनप्रतिनिधीहरु उपस्थित रहेको थियो ।
एमाले बैतडीले स्थानीय तहका कमिटी गठनलाई तिव्रता दिइरहेको छ । सोमबार दशदचन्द नगर कमिटीले सबै वडाको अधिवेशन सम्पन्न गरेको छ ।