पत्रकार विष्टका पिताको निधनप्रति पत्रकार महासंघ बैतडीद्वारा दुख व्यक्त

बैतडी : पत्रकार कृष्ण विष्टका पिता मनविर विष्ट मन्धिरको निधनप्रति नेपाल पत्रकार महासंघ बैतडीले शोक वक्तव्य जारी गरेको छ। नेपाल पत्रकार महासंघ शाखा बैतडीका सहसचिव विनोद सिंह विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा मृतकको आत्माको चिरशान्तीको कामना गर्दै शोकको घडीमा परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदानको कामना गरिएको छ।

बैतडीको पाटन नगरपालिका १० पनाली घर भएका पत्रकार विष्टका पिताको आज बिहान झौलेकमा ट्याक्टर दुर्घटनामा परि निधन भएको हो।

पत्रकार विष्ट नेपाल पत्रकार महासंघ बैतडीको साधारण सदस्य,अन्नपूर्ण पोष्टका जिल्ला समाचारदाता र स्थानीय रेडियो सेभेनस्टारमा कार्यरत रहेका छन्।

No description available.

Leave A Reply

Your email address will not be published.