बैतडीको पाटनमा महिनाको अन्तिम शनिवार हाटबजार लाग्ने

बैतडी-बैतडीको पाटनमा हाट बजार लाग्ने भएको छ । पाटन बजार व्यवस्थापन समितिले नयाँ बर्षको बैशाखदेखी महिनाको अन्तिम शनिबार हाटबजार लगाउने भएको हो ।

पाटन नगरपालिका वडा नम्बर-६ मा पर्ने खुल्ला मञ्चमा हाटबजार लाग्ने पाटन बजार व्यवस्थापन समितिका सचिव पवन भण्डारीले बताउनुभयो ।हाटबाजरको दिन पाटन बजार पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको सचिव भण्डारीले बताउनुभयो।

आउँदो बैशाखदेखी महिनाको पहिलो शनिबार पनि बजार बन्द हुने छ भने अन्तिम शनिबार हाट बजार लाग्ने छ ।बजारमा व्यपारीले आफ्नो समाग्रीहरु बिक्रीका लागि राख्न सक्छ भने गाउँका कृषकले आफ्नो उत्पादन ल्याएर बिक्रि गर्ने छन् ।

बिहीबार पाटन बजार व्यवस्थापन समितिका अध्यक्ष खेमराज भट्टको अध्यक्षतामा बसेको बैठकमा स्थानीय व्यपारीहरु उपस्थीत थिए ।

सबै किसानलाई आफ्नो उत्पादन तरकारी, मकै, धान, कोदो लगायत अन्नहरु समेत विक्रि गर्ने ल्याउन समितिले आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.