बैतडीको पञ्चेश्वर गाउँपालिकाभारत आवतजावत सहज बनाउदै लगेको छ। महाकालीपारी भारतले सडक पहुच बनाएका स्थानमा गाउँपालिकाले सडक सञ्जाल निमार्ण तिव्ररुपमा गरिरहेको जनाएको छ। केही स्थानमा महाकाली नदिसम्म सडक जोडिसकेको छ।
शुक्रबार पञ्चेश्वर गाउँपालिका २ महाकालीको कङ्गेराबाट ढोयाघाट जाड्ने सडक निमार्ण सुरु भएको स्थानी रमेश चन्दले बताए। नेपालबाट भारतको सिमासम्म जोडिने सडकको एक समारोहका बिच शुक्रबार गाउँपालिका अध्यक्ष चन्दले उद्घाटन गरेका छन्।
ढोयाघाट महाकाली नदीपारी भारतले सडक सञ्जाल पहिले नै जोडी सकेको छ। पञ्चेश्वर गाउँपालिकाले यस अगाडी बलराघाट, विनायक घाट लगायतका स्थानमा सडक विस्तार गरिसकेको जनाएको छ भने पञ्चेवर घाट, डिमबार घाट, धर्मघाटमा सडक निमार्ण अन्तीम चरणमा छ।
सडक निमार्ण भएर महाकाली पुगेमा यहाँका नागरिकलाई भारत आवतजावत गर्ने सहज हुनका साथ आर्थिक कारोवार बढने लक्ष्य लिएको छ। यहाँको उत्पादन भारत जाने त भारतमा शुफत मुल्यमा पञ्चेश्वरबासीले समाग्री पाउने अध्यक्ष चन्दको भनाई छ।
महाकालीमा पुल निमार्णका लागि लामो समयदेखी पहल गरिहेको अध्यक्ष चन्दको दाबी छ। पञ्चेश्वरका नागरिकको पारी भारतमा समेत घर छन् उनीहरुलाइ पनि नेपाल आउन जान सडकले सहज हुने छ।