नेकपा एमाले मेलौलीको दोस्रो नगर अधिबेशन शुरु

बैतडी : नेकपा एमाले मेलौलीको दोस्रो नगर अधिबेशन शुरु भएको छ। नगर कमिटी अध्यक्ष राज बहादुर चन्दको अध्यक्षतामा शनिबार दोस्रो नगर अधिबेशनको उद्घाटन गरिएको जिल्ला कमिटी सदस्य जगदिश सिह नायकले बताए।

उद्घाटन समारोहका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य तथा संबिधान सभा सदस्य पुरन सिह दयाल रहनु भएको छ। यसैगरी बिशिष्ट अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्ब प्रदेश सभा सदस्य लिलाधर भट्ट, पूर्ब जिल्ला कमिटी प्रमुख माहादेब भट्ट, जिल्ला कार्य समिति सचिव हजारी साउद, प्रदेश सल्लाहकार कमिटी सदस्य लक्ष्मण भट्ट र दशरथ जोशी रहनु भएको जनाईएको छ।

अधिबेशनमा नेकपा एमालेबाट निर्बाचीत जनप्रतिनिधि, नेता कार्यकर्ताहरुको उपस्थिती रहेको छ। दोस्रो नगर अधिबेशनबाट नयाँ नेतृत्व चयन हुने नेकपा एमाले मेलौलीले जनाएको छ। सहमतीबाटै नयाँ नेतृत्वको टुङ्गो लगाईने जिल्ला कमिटी सदस्य नायकले बताए।

Leave A Reply

Your email address will not be published.