बैतडीका एक युवक मृत फेला परेका छन्। जिल्लाको पुर्चौडी नगरपालिका-५ दहताल टोलका ३० वर्षिय जगदिश बोहरा शनिबार मृत फेला परेका हुन्।
बोहरा आफ्नै घर भित्र झुण्डीएको अवस्थामा मृत भेटिएका पुर्चौडी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नागिसिंह खडायतले जानकारी दिए।
मृतक बोहराको घरमा श्रीमती र एक छोरा रहेका वडा अध्यक्ष खडायतले बताए। झण्डै १० वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा बसेका बोहरा गत पौस महिना मात्रै नेपाल फर्किएका थिए। बोहराले पासो किन लगाए भन्ने कुरा खुलेको छैन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।