अनेम संघ मेलौली नगर कमिटीमा सरस्वती भट्ट चयन

बैतडी : अखिल नेपाल महिला संघ बैतडीले संगठन विस्तार अभियानलाई तिब्रता दिएको छ। प्रत्येक पालिका तहमा अधिवेशन गरिरहेको अनेम संघले शनिबार मेलौली नगरपालिकामा दोस्रो नगर अधिवेशन सम्पन्न गरेको छ।

अधिवेशनले सरस्वती भट्ट अध्यक्षतामा २१ सदस्यीय नगर कमिटी गठन गरेको हो। कमिटीको उपाध्यक्षमा रोजेश्वरी चन्द तथा सचिवमा द्रोपती दयाल चयन भएका छन भने सह सचिवमा विन्दु भण्डारी विष्ट तथा कोषाध्यक्षमा लक्ष्मी नेगी लाई चयन गरिएको छ।

Leave A Reply

Your email address will not be published.