नेकपा एमाले मेलौली नगर कमिटी अध्यक्षमा भीम भट्ट चयन

बैतडी-नेकपा एमाले मेलौली नगरकमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अभिवेशनले भीम भट्टको अध्यक्षतामा ४१ सदस्यीय नगरकमिटी चयन गरेको एमाले जिल्ला कमिटीका सदस्य जगदिश सिंह नायकले बताउनुभयो।

उपाध्यक्षमा प्रमानन्द पन्त,सचिव सुरेन्द्र प्रसाद भट्ट उप सचिव केशव सिंह र लक्ष्मी पोखरेल, चयन भएको नायकले बताउनुभयो।

मेलौलीमा भएको दोस्रो नगर अधिवेशनमा केन्द्रीय सदस्य लिलाधर भट्ट, केन्द्रिय सदस्य तथा संबिधान सभा सदस्य पुरन सिह दयाल,जिल्लाकमिटी उपसचिव पार्वती भट्ट,पूर्ब जिल्ला कमिटी प्रमुख माहादेव भट्ट,जिल्ला कार्य समिति सचिव हजारी साउद,प्रदेश सल्लाहकार कमिटी सदस्य लक्ष्मण भट्ट र दशरथ जोशी लगायत जनप्रतिनिधीहरु उपस्थित रहेको थियो ।एमाले बैतडीले स्थानीय तहका कमिटी गठनलाई तिव्रता दिइरहेको छ ।

Leave A Reply

Your email address will not be published.