नेकपा एमाले मेलौलीको ईन्चार्ज/सह–ईन्चार्जमा दयाल र साँउद

बैतडी : नेकपा एमाले मेलौलीको नगर ईन्चार्जमा बलभद्र दयाललाई चयन गरिएको छ। शनिबार बसेको नेकपा एमालेको प्रदेश कमिटको तेस्रो पूर्ण बैठकले प्रदेश कमिटी सदस्य समेत रहेका दयाललाई नगर ईन्चार्जको जिम्मेवारी दिएको हो।

यसैगरी मेलौली नगर कमिटीको सह–ईन्चार्जको जिम्मेवारी चन्द्रकला साँउदलाई दिईएको छ। प्रदेश कमिटी सदस्य समेत रहेकि साउदलाई सह–ईन्चार्जको जिम्मेवारी दिएको नेकपा एमाले बैतडीका जिल्ला सदस्य जगदिश सिह नायकले जानकारी दिए।

ईन्चार्जको जिम्मेवारी पाएका दयाल मेलौली ५ का नि–वर्तमान वडा अध्यक्ष र मुक्तिसमाज नेपाल केन्द्रिय कमिटी सदस्य हुन। पाटिले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने दयाल र साँउदले बताएका छन।

Leave A Reply

Your email address will not be published.