बैतडी : नेपाली कांग्रेस बैतडीले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ। नयँ बर्ष २०८१ सालको अवशरमा जिल्लाका ८४ वटै वडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिने नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिनुभयाे।
वडाको भुगोलभित्र पर्ने नेपाली कांग्रेससगं आवद्ध सम्पूर्ण नेता कार्यकर्ताको सहभागितामा यहि चैत्र २९ गते शुभकामना आदानप्रदान कार्यक्रम गरिने जनाईएको छ। सम्पूर्ण वडाका पाटि सभापतिलाई शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको प्रतिबेदन ७ दिनभित्र नेपाली कांग्रेसको जिल्ला कार्य समितिलाई बुझाउन भनिएको छ।
