नेकपा एमाले पञ्चेश्वर गाँउकमिटी अध्यक्षमा जोशी चयन

बैतडी : नेकपा एमाले पञ्चेश्वर गाँउकमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अभिवेशनले कालु सिह जोशीको अध्यक्षतामा ३७ सदस्यीय गाँउकमिटी चयन गरेको जिल्ला कमिटी सदस्य जनक बहादुर चन्दले बताए।

उपाध्यक्षमा देब बहादुर चन्द, सचिव बिरेन्द्र सिह भण्डारी, उपसचिव महिला बिमला घटाल, उपसचिव दलित गजेन्द्र दमाई चयन भएको चन्दले बताए।

पञ्चेश्वरमा भएको अधिबेशनमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व प्रदेशसभा सदस्य लिलाधर भट्ट, केन्द्रिय सदस्य तथा सबिधान सभा सदस्य पुरन सिह दयाल, पूर्ब जिल्ला कमिटी प्रमुख माहादेव भट्ट, जिल्ला कमिटी उपसचिव पार्वती भट्ट, जिल्ला अध्यक्ष नरेश बिक लगायत पाटिका नेता कार्यकर्ताको उपस्थित रहेको थियो।

यसैगरी अखिल नेपाल महिला संघले पञ्चेश्वरमा दोस्रो गाउँअधिवेशन सम्पन्न गरेको छ। अधिवेशनले कमला चनको अध्यक्षतामा २५ सदस्यीय गाउँकमिटी गठन गरेको छ।

No description available.

Leave A Reply

Your email address will not be published.