बैतडीको मेलौली ७ मा बृद्धबृद्धालाई भत्ता वितरणसगैं स्वास्थ्य परिक्षण

बैतडी : मेलौली नगरपालिका–०७ मा बृद्धबृद्धालाई भत्ता वितरणसगै स्वास्थ्य परिक्षण गरिएको छ। आईतबारबाट समाजिक सुरक्षा भत्ता वितरणसगै बृद्धबृद्धाहरुको स्वास्थ्य परिक्षण गरिएको वडा अध्यक्ष रामचन्द्र भट्टले जानकारी दिनुभयो।

आईतबार वडा कार्यालयबाट १३३ जना सामाजिक सुरक्षा भत्ताका लाभग्राहिहरुलाई भत्ता वितरण गरिएको वडा अध्यक्ष भट्टले बताए। भत्ता वितरणसगैं ९३ जना जेष्ठ नागरिकलाई ओैषधी वितरण र स्वास्थ परिक्षणपनि गरिएको उनले बताए।

सोमबारपनि वडा कार्यालयवाटै र २७ गते कुमारी बैँक मेलौली शाखाबाट सामाजिक सुरक्षा भत्ता बितरण गरिने जनाईएको छ। गाँउमै भत्ता र स्वास्थ्य परिक्षण गराउन पाउदा आफुहरु ज्यादै खुसि भएको बृद्धबृद्धाहरुले बताए।

Leave A Reply

Your email address will not be published.