प्रेम ओड, बैतडी : सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक स्थल मेलौली भगवती मन्दिर निर्माण गरेका कालुराम बिकको ७८ बर्षको उमेरमा निधन भएको छ । बैतडीको मेलौली २ कोल्माइ घर भएका बिकको गएको बुधबार उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिए । लामो समय देखि दम रोगले ग्रसित उनको जिल्ला अस्पताल बैतडीमा उपचार सम्भव नभएपछि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो । अस्पताल लागेको २ घण्टापछि उनको निधन भएको उहाँका भाइ धनिराम बिकले बताए।
आधुनिक प्यागोडा शैलीमा वि। स। २०३६ साल देखि २०४४ सालसम्म मन्दिरको पुनर्निर्माण कार्य गरिएको मेलौली धार्मिक सेवा समितिका सचिव दशरथ सिंह नायकले जानकारी दिए। अदभूत कला, सीप र दक्षताले भरिएका बिकले आकर्षक डिजाइनमा काठको भगवतीको मुर्ति, खोला, औजारले काट्न सकिने ढुङ्गाबाट कालिकाको मुर्ति लगायत अन्य थुप्रै चित्रकला प्रस्तुत गरेका पुनः निर्माणको करिब दश बर्षको अवधीसम्म उनिसंगै काम गरेका मेलौली वडा नं। १ का ८४ बर्षिय मिस्त्री रन्जित सिंह नेगिले जानकारी दिए। आधुनिक औजारबिना मेलौली भगवती मन्दिर आधुनिक शैलीमा निर्माण गर्नु सामान्य बिषय नभएको नेगीले बताए । त्यो उहाँकै कारण सम्भव भएको पनि उनले बताए।
वि।स। ०४५ सालमा तत्कालीन राजा बिरेन्द्र शाहले दर्शनभेटका क्रममा उनको सीप र कला देखि केही नगद पुरस्कार सहित सम्मान समेत गरेका थिए । उनको निधनले समाजमा अतुलनीय क्षती पुगेको जानकारहरु बताउछन।