बैतडी : अखिल नेपाल महिला संघ बैतडीले संगठन विस्तार अभियानलाई तिब्रता दिएको छ। प्रत्येक पालिका तहमा अधिवेशन गरिरहेको अनेम संघले सोमबार शिबनाथमा दोस्रो गाँउअधिवेशन सम्पन्न गरेको छ।
अधिवेशनले राजु साउँदको अध्यक्षतामा २१ सदस्यीय गाँउकमिटी गठन गरेको छ। कमिटीको उपाध्यक्षमा बागमती साउँद तथा सचिवमा अहिल्या ठगुराठी र कोषाध्यक्षमा तुल्सी महता (भण्डारी) लाई चयन गरिएको छ।
