बैतडीको शिबनाथमा आँखा उपचार केन्द्र सञ्चालन, न्यूनतम शुल्कमा उपचार हुने

बैतडी : शिबनाथमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ। च्यारेटी हेल्थ फाउन्डेसन नेपालको प्राविधिक सहयोगमा शिबनाथ गाँउपालिकाको कार्यालयमा आँखा उपचार केन्द्रको उद्घाटन गरिएको गाँउपालिका अध्यक्ष कर्णसिह साउँदले बताए।

आँखा अस्पताल सेवाको पहुँच भन्दा बाहिर रहेका जनतालाई समयमै आँखा समस्याको सेवा उपलब्ध गराउने उद्देश्यले आँखा उपचार केन्द्र सञ्चालनमा आएको गाँउपालिका अध्यक्ष साउँदले बताए। आँखा उपचार केन्द्र मार्फत जनतालाई न्यूनतम शुल्कमा अन्धोपनबाट जोगाउने र दृष्ट्रि दोषको समयमै उपचार गराईने उनले बताए।

उदघाटन कार्यक्रममा नेपाली कांग्रेस बैतडीका सभापति एबं नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द प्रमुख अतिथी रहेका थिए। यसैगरी उद्घाटन कार्यक्रममा च्यारिटी हेल्थ फाउन्डेसन कार्यकारी निर्देशक त्रिलोक पाण्डेय, च्यारिटी हेल्थ फाउन्डेसन अध्यक्ष डा. विद्या प्रसाद पन्त, धनगढी नेत्रालयका संचालक गजेन्द्र बहादुर चन्द, गाउँपालिका नि-बर्तमान, बर्तमान जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरुको उपस्थिती रहेको थियो।

 

Leave A Reply

Your email address will not be published.