मेलौलीका प्रमुख प्रशासकीय अधिकृत रावलको विदाई

बैतडी : बैतडीको मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र सिंह रावलको विदाई भएको छ। ३ महिना देखि मेलौली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पदमा रहनुभएका रालकोे विदाई भएको हो।

कर्मचारीको नियमित प्रशासनिक प्रक्रिया अनुसार प्रमुख प्रशासकीय अधिकृत रावलको सरुवा भएको भन्दै नगरप्रमुख भीम बहादुर चन्दले जहाँ पुगे पनि उहाँको काममा सफलताको शुभकामना व्यक्त गर्नुभयो।
विदाई कार्यक्रममा जनप्रतिनिधि ,विभिन्न शाखाका शाखा प्रमुख तथा कर्मचारीहरुले रावललाई अविर तथा दोसल्ला ओढाई विदाई गरेका थिए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रावलले आफु सरुवा भएर गए पनि नगरपालिकाको विकासमा सधैं साथमा रहने प्रतिबद्वता जनाउनुभयो।

उहाँले नगरपालिकाका जनप्रतिनिधिहरु संग फेरी सहकार्य गर्न पाउँ भन्ने आशा व्यक्त गर्दै काममा सहयोग र सहकार्य गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो।

२०८० पौष १८ देखि मेलौली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हाल्नु भएका रावलको उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालय काठमाडौंमा सरुवा हुनुभएको छ।

Leave A Reply

Your email address will not be published.