बैतडी : मेलौलीमा पानी ट्याङ्कर सडक किनारमा पल्टीएको छ। बुधबार दिउसो मेलौली नगरपालिका–०१ देही जिरो पोईण्ट नजिकै सडक किनारमा पानी ट्याङ्कर पल्टीएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
मेलौली भगवती मन्दिरतर्फ पानि बोकेर आउदै गरेको म १ त १२२७ नम्बरको ट्याङ्कर सडक किनारमा पल्टीएको हो। घटनाबाट कुनैपनि मानबीय क्षति भने भएको छैन।ट्याङ्कर चालक मेलौली १ का कमल सिह नायक सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
ट्याङ्कर पल्टेको सडक किनारमै रहेको स्थानीय रुबी नायकको पसलमा समेत क्षती भएको जनाईएको छ। घरको कौसीमा र ट्याङ्करको पानि पसल भित्र जादा समानहरु क्षती पुगेको हो।
क्षतीको एकिन विवरण आउन भने बाकि रहेको छ।
