गायक दिनेश विरहीको नयाँ गित “मै परदेशी” सार्वजनीक

बैतडी : गायक दिनेश विरही बिकको नयाँ देउडा गित सार्वजनीक भएको छ। श्रिकेदार युटूब च्यानलबाट देउडा गित “मै परदेशी” सार्वजनीक भएको हो।

गितमा गायक बिकलाई गायिका सोनीया परियारले स्वरमा साथ दिनुभएको छ। गायक बिकको शब्द तथा प्रकाश विरहीको लय रहेको गितलाई किशोर भण्डारीले एरेन्ज गरेका हुन।

अलिशा म्यूजीक मार्फत तयार गरिएको गितको भिडीयोमा गायक विकसगै, प्रकाश विरही र भावना भट्टले सुन्दर अभिनय गरेका छन। कृष्णा सिराडीले छायांकन गरेको भिडियोको कूमार केबीले सम्पादन गरेको गायक विकले बताउनुभयो।

गितलाई माया गरीदिन आवश्यक सल्लाह सुझाव दिन गायक विकले आग्रह गरेका छन।

Leave A Reply

Your email address will not be published.