बैतडी : हिरापुर मा.विको प्रधानाध्यापक पदमा भान बहादुर चन्द नियुक्त भएका छन। सोमबार बसेको बिद्यालय ब्यवस्थापन समितिको बैठकले चन्दलाई प्रधनाध्यापकको रुपमा नियुक्त गरिएको बिद्यालयका सुचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो।
शिबनाथ गाँउपालिका–०६ बसेडिभ्वामा रहेको सो बिद्यालयका प्रधानाध्यापक जनक बहादुर चन्दको पौसमा अनिवार्य अवकाश हुने भएकाले नयाँ शैक्षिक सत्रको शुरुवातमा प्रधानाध्यापक नियुक्त गरिएको हो। नयाँ नियुक्त गरीएका प्रधानाध्यापक चन्द सोहि बिद्यालयका कार्यरत जेष्ठ शिक्षक हुन।
नयाँ नियुक्त गरीएका शिक्षक स्थाई, जेष्ठ, प्रशासनिक कार्यमा अब्बल रहेकाले प्रधानाध्यापकको पदमा नियुक्त गरीएको बिद्यालयले जनाएको छ।