भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखी बन्द हुँदै

बैतडी: भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखी बन्द हुने भएको छ। भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गरिन लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो।

अप्रिल १९ तारिक वैशाख ७ गते उत्तराखण्ड राज्यमा हुने लोकसभा सामान्य निर्वाचन हुदैछ। उक्त निर्वाचनलाई मध्यनजर गर्दै आज साँझ ७ बजेदेखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द रहने प्रजिअ शर्माले बताउनुभयो।

आजबाट सीमा नाकामा पूर्ण रुपमा आवतजावत बन्द गरिने छ। सुरक्षा सम्वेदनशिलताको कारण नाका बन्द हुन लागेको हो। सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ।

भारतीय अधिकारीहरुसंग यसअघि नै समन्वय गरेर नाका बन्द गरिने भएको हो। कुनै देशमा चुनाव हुँदा अन्तरराष्ट्रिय नियम अनुसार नै सीमा बन्द गरिन्छ।

Leave A Reply

Your email address will not be published.