बैतडी : नेपाली कांग्रेसका सह-महामन्त्री किशोर सिह राठोर बैतडी आउने भएका छन। कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको लागि कांग्रेसका सहमहामन्त्री बैशाख ७ गते बैतडी आउने नेपाली कांग्रेस बैतडीका सह–सचिव दिपेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो।
पाटन नगरपालिका प्रदेश सभा क्षेत्रिय कार्य समितिको सभाहलमा बिहान ९ बजे कार्यक्रम हुने जनाईएको छ। कार्यक्रममा वडा सभापति, पालिका सभापति, प्रदेश सभा क्षेत्रिय कार्य समिति, जिल्ला कार्य समिति, माहाधिबेशन प्रतिनिधि र माहासमिति सदस्यहरुलाई उपस्थितीका लागि आग्रह गरीएको छ।
