बैतडीको शिबनाथ कफाडीमा अवस्थित उदयदेब देवतालाई ११८ पशुको बली

बैतडी : प्रशिद्ध उदयदेब माहाराज देबताको मन्दिरमा ११८ पशुको बली दिईएको छ। शिबनाथ गाउपालीका-०५ कफाडिमा अवस्थीत सो मन्दिरमा ११८ पशुको बलि परेको शिबनाथ गाँउपालिका ५ का वडा अध्यक्ष एवं गाँउपालिका प्रबक्ता केशब चँन्दले जानकारी दिए।

चैते नवरात्रीको अष्टमी र नवमी लागेको मेलामा ५० राँगा र ६८ बोका गरी ११८ पशुको बलि परेको जनाईएको छ। भाक्कल अनुसार पशुबली र सुन, चादि लगायत आभुषण मन्दिरलाई चढाईएको वडा अध्यक्ष एवं गाँउपालिका प्रबक्ता चन्दले बताए।

माहाअष्टमिको राति राँगाबोका सहित सेवा (स्या)हरु आउने र नवमीका दिन पशुबली हुने जनाईएको छ। उदयदेब माहाराज देबताको दर्शन, पुजा पाठ गरेमा मनको चिताएको पुग्ने र नि–सन्तान दम्पतीलाई सन्तान प्राप्ती हुने धार्मिक मान्यता रहेको छ।

असोज नबरात्रा सगै चैत नबरात्रा, फागुन, जेठ, पुस महिनामा मेला र भाद्र महिनामा पनि मन्दिरमा गौरा मेला लाग्ने मेला ब्यवस्थापन समिति अध्यक्ष अरुण चन्दले बताउनुभयो।

असोज नबरात्राको समयमा लाग्ने मेलामा भारतबाट पनि ब्यापारिहर ब्यापार गर्नको लागि पुग्ने गरेको उहाले जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.