कैलालीका एक व्यक्ति बैतडीमा मृत फेला

बैतडीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–१ हनुमान टोलका ४५ वर्षीय पुरन धोबी मृत फेला परेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो ।

मुनाल कन्स्ट्रक्सन प्रालिमा काम गर्दै आएका पुरन जिल्लाको सुर्नया गाउँपालिका–८ ढोलेस्थित आफ्नै कोठामा बिहीबार मृत फेला परेका हुन्। बुधवार राति खाना आएर सुतेका पुरन बिहीबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। उहाँको मृत्युको कारण खुलेको छैन्।

मृतक धोबीको शव परिक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.