बैतडीको शिबनाथमा सञ्चालनमा आएको आँखा उपचार केन्द्रले दैनीक सेवा दिईरहेको छ। हरेक दिन बिहान १० बजेदेखी बेलुका ५ बजेसम्म सेवा सञ्चालन भईरहेको शिबनाथ गाँउपालिकाले जनाएको छ।
च्यारेटी हेल्थ फाउन्डेसन नेपालको प्राविधिक सहयोग र शिबनाथ गाँउपालिकाको समन्वयमा सुल्लेखानामा आँखा उपचार केन्द्र सञ्चालनमा छ। आँखा अस्पताल सेवाको पहुँच भन्दा बाहिर रहेका जनतालाई समयमै आँखा समस्याको सेवा उपलब्ध गराउने उद्देश्यले आँखा उपचार केन्द्र सञ्चालनमा आएको गाँउपालिका अध्यक्ष कर्ण सिह साउँदले बताए।
आँखा उपचार केन्द्र मार्फत जनतालाई न्यूनतम शुल्कमा अन्धोपनबाट जोगाउने र दृष्ट्रि दोषको समयमै उपचार गराईने जनाईएको छ।