बैतडीका दुई ओटा वडा स्वास्थ्य चौकी विहिन रहेका पाइएको छ। जिल्लाको मेलौली नगरपालिका वडा नं ३ र वडा नं ६ स्वास्थ्य चौकी विहिन रहेका हुन्।
८४ वडा रहेको बैतडीमा मेलौलीका दुई वडा अहिले पनि स्वास्थ्य चौकी विहिन रहेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिनुभयो। स्वास्थ्य संस्था नहुँदा ती वडाका नागरिकहरुले आधारभूत सेवाका लागि अन्यत्र जानू पर्ने बाध्यता रहेको छ । स्वास्थ्य चौकी नहुँदा समस्या भएको मेलौली नगरपालिका वडा नं ६ का वडा अध्यक्ष तारादत्त भट्टले बताउनुभयो।
स्वास्थ्य चौकी नहुँदा सेवा लिनका लागि समस्या भएको स्थानीय नागरिकहरुको भनाई छ। स्वास्थ्य चौकी नहुँदा समस्या भएको कुरा सरोकारवाला निकाय संग राखेर निर्माणका लागि पहल भैरहेको वडा कार्यालयले जनाएको छ। वडाको गाँजरी टोल र पोखरी टोलको बिचमा पर्ने घरकट्या भन्ने ठाउँमा स्वास्थ्यचौकी भवन निर्माणका लागि जग्गा उपलब्ध भएको वडा अध्यक्ष भट्टले बताउनुभयो।
भवन निर्माणका लागि संघ सरकार संग बजेट माग गरिएको पनि उनले बताए। वडा नं ६ ले अहिले वडा कार्यलयबाट आधारभूत सेवा दिइरहेको समेत जनाएको छ। यता वडा नं ३ मा पनि स्वास्थ्य चौकी छैन्। यहाँका नागरिहरुले वडा नं २ मा रहेको स्वास्थ्यचौकीबाट सेवा लिने गरेका छन्। स्वास्थ्य चौकी अभावमा नागरिकहरुले बर्थिङसेन्टर र वडा नं २ मा गएर सेवा लिने गरेका वडा अध्यक्ष गगन सिंह भाटले बताउनुभयो।
वडामा स्वास्थ्य चौकी निर्माणका लागि पहल भएको समेत उनले बताउनुभयो। वडाको मलेनामा स्वास्थ्यचौकी निर्माणका लागि जग्गा उपलब्ध भएको र बजेटका लागि पहल भैरहेको वडा अध्यक्ष भाटले बताउनुभयो।