प्रादेशिक परम्परागत लोक नृत्य प्रतियोगिता: बैतडीको छलिया नृत्य सर्वोत्कृष्ट

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजना तथा राष्ट्रिय तथा लोक दोहोरी गीत प्रतिष्ठान नेपाल कञ्चनपुर शाखाको सह-आयोजनामा शनिबार अपराह्न कञ्चनपुरको महेन्द्रनगर स्थित भीमदत्त पार्कमा परम्परागत लोक नृत्य प्रतियोगिता २०८१ सम्पन्न गरिएको छ। हाम्रो अभियान लोक संस्कृतिको संरक्षणस स्रष्टाको सम्मान, नव प्रतिभाको प्रोत्साहन’ भन्ने मूल नाराका साथ प्रादेशिक परम्परागत लोक नृत्य प्रतियोगिता आयोजना गरिएको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा। टि। एन जोशीले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानलाई संस्कृति, भाषा, साहित्य तथा कला प्रेमीहरूको साझा एकेडेमी बनाउन लागिपरेको उहाँको भनाइ छ।

प्रतियोगितामा बैतडीको छलिया नृत्य प्रथम, कैलालीको कठरिया नृत्य द्वितीय, कञ्चनपुरको रानाथारु होली नृत्य तृतीय स्थान प्राप्त गर्न सफल भए। डडेलधुराको रुपाली होली नृत्य र बझाङको देउडाले सान्त्वना स्थान प्राप्त गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कञ्चनपुर शाखाका कोषाध्यक्ष मासुम बिष्टले जानकारी दिनुभयो । प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल टिमहरूलाई क्रमशः रु। २० हजार, १५ हजार, १० हजार र ७ हजार रकम प्रदान गरिएको छ । साथै सहभागी अन्य टिमहरूलाई नगद रु। ४(४ हजार सहित सहभागिताको प्रमाण पत्र समेत प्रदान गरिएको कोषाध्यक्ष बिष्टले बताउनु भयो । सुदूरपश्चिमका नौ ओटै जिल्लाबाट सहभागिता रहने गरी आयोजित प्रतियोगितात्मक कार्यक्रममा कला, संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य माया पन्तको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै उहाँले सुदूरपश्चिमको मौलिक कला, संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्न सबैले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले सुदूरपश्चिमका केही रूढिवादी परम्पराका रूपमा रहेका सामाजिक विकृतिहरूलाई हटाउन आवश्यक रहेको सुनाउनु भयो । त्यसै गरी कार्यक्रमको अध्यक्षता समेत गर्नु भएका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कञ्चनपुर शाखाका अध्यक्ष लालबहादुर धामी ९अछामी बड्डो० ले सुदूरपश्चिमका नौ वटै जिल्लाको लोक संस्कृति जगेर्ना गर्न प्रतियोगिताको आयोजना गरिएको बताउनु भयो । साथै उहाँले आगामी दिनमा सुदूरपश्चिमका सबै जिल्लामा यस्ता प्रतियोगिता आयोजना गरिनुपर्नेमा जोड समेत दिनुभयो ।

Leave A Reply

Your email address will not be published.