बैतडीमा आगलागीबाट पाँचलाखकाे क्षति

बिपिन बिसी : बैतडीमा घर नजिकैको बनमा आगलागी हुदा लाँखौको क्षती भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका–१० बुड्डा जेवलगडा रत्या बल्लिजर बन क्षेत्रमा आगलागि हुदा करिब ५ लाँख बरावरको क्षति भएको स्थानीय ललित टमटाले बताउनुभयो।

नजिकै रहेको बेदोसाल सामुदायिक बनबाट सल्केको आगोले शनिबार दिउसो ६ परिवारका करिब ५० थुप्रा खर, दाउरा, मल, फल लाग्दै गरेका आपका रुखहरु लगायतका अन्य बोटबिरुवामा जलेर नष्ट भएको स्थानीय बबिता चन्दले जानकारी दिनुभयो। आगो लागेको करिब चार घण्टापछि बाराकोट प्रहरी चौकी र स्थानीयहरुको सहयोगमा नियन्त्रणमा लिन सकिएको उहाले बताउनुभयो।

आगलागीबाट भएको क्षतीको स्थानीय सरकारलाई सहयोगका लागि अपिल गरिएको छ। साथै बाराकोट प्रहरी चौकीमा निबेदन समेत दिएको चन्दले बताउनुभयो।

आगलागि भएको क्षेत्रमा मुख्य आम्दानीको श्रोत आप भएकाले समस्या भएको स्थानीयहरुले दुखेसो पोखेका छन।

Leave A Reply

Your email address will not be published.