डिएसपीमा बढुवा भएका मेलौलीका चन्द तालिम केन्द्र दिपालयमा हाजीर

बैतडी : मेलौली नगरपालिका–०१ झुसील घर भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रण बहादुर चन्द प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा भएका छन। गत चैत्र २१ को बढुवा सिफारीसमा परेका चन्द डिएसपीमा बढुवा भएका हुन।

चन्द २०७० चैत ९ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा नियुक्त भएका थिए। डिएसपीमा नियुक्त भएसगैँ चन्द प्रदेश प्रहरी तालिम केन्द्र दिपालय डोटीमा हाजीर भएका छन।

देश र जनातको लागि निष्ठापूर्वक काम गर्ने चन्दले बताएका छन। आफ्नो ठाँउको ब्यक्ति नेपाल प्रहरी जस्तो पवित्र संगठनसगैँ डिएसपीमामा बढुवा भएकोमा मेलौली बासिमा खुसियाली छाएको मेलौली १ का स्थानीय मंगेश दयालले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.