बैतडी: सिगास गाउँपालिकाका मदिरा छोड्ने एकजना सम्मान गरिएको छ। सिगास गाउँपालिका ६ का प्रेम सिहं धामीलाई वडा कार्यालयले सम्मान गरेको हो। आइतबार पुर्णरुपमा मदिरा सेवन गर्न छोडेका धामीलाई वडाकार्यालय बोलाइ सम्मान गरिएको वडाअध्यक्ष तेज बहादुर साउँदले जानकारी दिए।
उनलाई वडा कार्यालयमा बोलाएर जनप्रतिनिधी र महिला सञ्जालका पधाधिकारीको उपस्थीतीमा सम्मान गरिएका बताइएको छ। मदिरा सेवनले गर्दा गाउँमा विभिन्न घरेलु हिंसा लगायत झैझगडा हुने गरेको भन्दै वडाअध्यक्ष साउँदले निर्वाचित भएदेखी नै गाउँलाई मदिरा मुक्त बनाउने अभियान सुरु गरेका थिए।
परिर्वतन आफूबाट सुरु हुन्छ भन्ने धेयका अध्यक्ष साउँदले मद्यपान तथा धुम्रपान गर्न पुर्ण छोडेको बताए।