केदार भुमिराज कैलपाल देवताको मन्दिर प्रचारप्रसारको पर्खाईमा, जिर्ण बन्दै प्रबेशद्धारा

बिपिन बिसी : केदार भुमिराज कैलपाल देवताको मन्दिर प्रचार-प्रसारको पर्खाईमा रहेको छ। बैतडीको सुर्नया गाँउपालिका–०२ ग्वानीमा रहेको सो मन्दिर प्रचार-प्रसारको अभावले ओझेलमा परेको स्थानीय एवं समाजसेबी बिनोद बिष्टले बताउनुभयो।

धार्मीक एवं सांस्कृतिक हिसाबले आँस्थाको केन्द्रका रुपमा रहेको मन्दिरको प्रचार-प्रसामा कसैले चासो नदेखाउदा ओझेलमा पर्दै गएको छ। पछिल्लो समय मन्दिरको प्रदेशद्धार समेत जिर्ण अवस्थामा पुगेको छ।

हजुर बुवाको पालाभन्दापनि अगाडी निमार्ण भएको प्रबेशद्धार (गेट) अहिले निकै जिर्ण अवस्थामा रहेको स्थानीय एवं समाजसेबी बिष्टले बताए। मन्दिरको प्रबेशद्धार लगायत अन्य भौतीक संरचनाहरु समेत जिर्ण अवस्थामा रहेको उनले बताए।

जिर्ण अवस्थामा रहेको मन्दिरको भौतीक संरचनाहरु निर्माण र प्रचारप्रसारमा कसैले पनि चासो नदेखाएको उहाले बताउनुभयो। स्थानीय सरकार र बिभिन्न निकायले जिर्ण अवस्थामा रहेको मन्दिरको भौतीक संरचनाहरु निर्माण लगायत प्रचारप्रसारमा ध्यान दिनुपर्ने उहाको भनाई रहेको छ।

आस्थाको केन्द्रका रुपमा रहेको सोे मन्दिरमा बेलाबेलामा पुजापाठ हुने मेला लाग्ने गर्दछ। चैत्र नवरात्र, दशैको समयमा पुजापाठ, गौरा पर्व, असार महिनामा न्वागी पुजा लगायत बिभिन्न समयमा बोकाको बली समेत हुने गरेको स्थानीयहरुको भनाई रहेको छ।

केदार भुमिराज कैलपाल देवताको पुजापाठ गरेमा मनले चिताएको पुरा हुने धार्मीक मान्यता रहेको छ। यसैगरी नि–सन्तान दम्पतीलाई सन्तान प्राप्त, अपुरा-अधुरा कार्यहरु पुरा हुने, सुख प्राप्त हुने किवदन्ती रहेको बुडापाकाहरुको भनाई रहेको छ।

स्थानीय एवं समाजसेबी बिष्टले मन्दिरको प्रबेशद्धारा निमार्णका लागि आफुले पहल थालेको बताएका छन। आर्थीक संकलन अभियान थालेर र स्थानीय सरकारसगं लगायत बिभिन्न निकायसगं सहयोग मागेर मन्दिरको प्रबेशद्धारा निमार्ण कार्य सञ्चालन गर्ने बताएका छन।

आगामी भादौ/दशैसम्म प्रबेशद्धारा निमार्ण कार्य सम्पन्न गरिसक्ने लक्ष्य रहेको उहाले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.