दशरथचन्द नगरका सम्पूर्ण वडामा कम्युनिष्ट पार्टीको हिरक जयन्ती सम्पन्न

नेकपा एमाले दशरथचन्द नगर कमिटीले नगरपालिकाका ११ओटै वडामा पार्टीको स्थापना दिवस मनाएको छ । कम्युनिष्ट पार्टीको ७५औँ स्थापना दिवस तथा हिरक जयन्तीको अवसरमा दिवस विशेष कार्यक्रम गरिएको नगर कमिटी अध्यक्ष मनोज बोहराले बताए।

दिवसको अवसरमा ११ ओटै वडा कमिटिहरुको आयोजनामा पार्टीका नेता कार्यकर्ता तथा सुभेच्छुक व्यक्तिहरुसंग अन्तरक्रिया, चियापान तथा शुभकामना आदान प्रदान गरिएको हो।

२००६साल बैशाख १० गते आजकै दिन कलकत्ताको श्याम बजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो। यस अवसरमा संस्थापक नेताहरु पुस्पलाल श्रेष्ठ, नर बहादुर कर्माचार्य, निरन्जन गोबिन्द बैध्य, मोति देबि, नारायण बिलास जोशी लगायतका नेताहरुको स्मरण गरिन्छ।

Leave A Reply

Your email address will not be published.