पुस ५,सोमबार २०७८
बैतडी –एकीकृत समाजवादी पार्टि मेलौली नगरकमिटी उपसचिव करन बहादुर चन्द नेकपा एमालेमा प्रवेश गरेका छन् ।
मेलौली नगरपालिका वडा नं १ मा सोमबार सम्पन्न नेकपा एमाले मेलौली नगर किमिटी बैठकमा चन्द एमालेमा प्रवेश गरेका एमाले जिल्ला कमिटि सचिवालय सदस्य बलभद्र दयालले जानकारी दिनुभयो ।
पार्टी प्रवेश गरेका चन्दलाई अबिर, फूलमाला र दोसल्ला ओडाएर स्वागत गरिएको उहाँको भनाई छ ।
यस्तै नगरकमिटी बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको बताइएको छ । सोमबार सम्पन्न बठैकले टोल कमिटि गठन गर्ने, पालिका देखि वडा सम्मका जनवर्गिय संगठनका अधिवेशन सम्पन्न गर्ने , नियमित बैठक बस्ने र प्रशिक्षण गर्ने समेत निर्णय गरेको जिल्ला किमिटी सचिवालय सदस्य दयालले बताउनुभयो ।