बैतडीको पञ्चेश्वर माहाकालीमा २ महिने सिलाई कटाई तालिम सम्पन्न

पञ्चेश्वर गाँउपालिका-०२ माहाकालीमा २ महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ। गाँउपालिकाको लघु उद्यम शाखा मार्फत सञ्चालन गरिएको तालिम बुधबार सम्पन्न भएको पञ्चेश्वर गाउँपालिका लघु शाखा प्रमुख देबदत्त शर्माले बताउनुभयो।

महिलालाई आत्मनिर्भर बनाउने उदेश्यले सिलाई कटाई तालिम सञचालन गरिएको हो । तालिममा १० जना महिलाहरु सहभागि भएका थिए।

सिलाई कटाई तालिमले घरको चुलो चौकोमा सिमित रहेका महिलाहरुलाई व्यवसाय नै सञ्चालन गरी आर्थिक रुपमा सबल र सक्षम बनाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास लिईएको छ।

जीवनयापनका लागि सीप महत्वपूर्ण रहेकाले व्यवसायिक तरिकाले सिलाई कटाई गर्न सकिने वडाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.