बैतडी-बैतडी जिल्लाको पुर्चौडी नगरपालिकामा आँखा शिविर सञ्चालन हुने भएको छ। पुर्चौडीको हाट स्वास्थ्य चौकीमा शिविर हुने भएको हो।
नगरपालिका र च्यारेटी हेल्थ फाउन्डेसनको संयुक्त आयोजनामा बैशाख २२, २३ र २४ गते आँखा शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ। तीन दिनसम्म चल्ने आँखा शिविरमा आँखाको बिरामीहरूको नि शुल्क चेकजाँच तथा परामर्श प्रदान गरिने नगरपालिकाले निकालेको सूचनामा उल्लेख छ। आँखा शिविरमा मोतिविन्दु, जलविन्दु र आँखामा मासु पलाएका बिरामीहरूको निस्शुल्क औषधी तथा कालो चस्मा वितरण गरिनेछ।