बैतडीमा “वायु प्रदुषणमा नागरिकको भुमिका” विषयक वक्तृत्वकला आयोजना

बैतडीमा वायु प्रदुषणमा नागरिकको भुमिका विषयक वक्तृत्वकला आयोजना गरिएको छ। जिल्लाको पाटन नगरपालिका-९ मा रहेको शिद्धेश्वर मावि हुक्केडाँडाले वन तथा वातावरण मन्त्रालय, वातावरण विभागको सहयोगमा कार्यक्रम गरिएको अध्यक्ष प्रेमसिह भाट (आगो)ले बताए।

विभागको बिद्यालय केन्द्रित वातावरण संरक्षण कार्यक्रम अन्तरगत वायु प्रदुषणमा नागरिकको भुमिका विषयक वक्तृत्वकला कार्यक्रमू संचालन गरेको जनाएको छ। कार्यक्रममा २० जना बालबालिकाहरुले भागदिएको अध्यक्ष भाटले बताए।

उत्कृष्ट हुने तीन बिद्यार्थीलाइ बिद्यालयकोतर्फबाट स्टेशनरी सामग्री पुरस्कारसहित सम्मान गरिएको उनले बताए। साथै शैक्षिकसत्र २०८१ को वार्षिक शैक्षिक गतिविधि सहितको क्यालेन्डर पनि अभिभावकहरुलाइ वितरण गरिएको छ। भने आज बसेको स्टाफ बैठक बाट शिक्षक योगेन्द्र बुढालाइ सूचना अधिकारी समेत तोकिएको छ।

Leave A Reply

Your email address will not be published.