बैतडी : मेलौली नगरपालिका–०८ कोटिगाँउका समाजसेवी मदन सिह बिष्टले गाँउमा निःशुल्क स्वास्थ्य चेकजाच गर्ने भएका छन। हाल रोजगारको शिलशिलामा कोरीयामा रहनु भएका बिष्टले कोटिगाँउको हरडादेखी खोरडासम्मका प्रत्येक घरमा निःशुल्क स्वास्थ्य चेकजाच गर्ने बताएका छन।
यहि बैसाख २२ गतेदेखी प्रत्येक घरमा स्वास्थ्यकर्मी खटाई बिपि चेक, सुगर चेक लगायत स्वास्थ्य चेकजाच गराई आवश्यक औषधी वितरण गर्ने बताएका छन। प्रत्येक ६–६ महिनामा घरदैलो कार्यक्रम गरी गाउँका सबै नागरीकहरुको स्वास्थ्य चेकजाच गरिने उनले बताए।
“स्वास्थ्य नै धन हो” भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै निःशुल्क स्वास्थ्य चेकजाच, परामर्श तथा औषधी वितरण गरीने बताएका हुन। प्रत्येकको घरदैलोमा पुगेर स्वास्थ्य चेकजाच गर्ने जिम्मा आधारभुत स्वास्थ्य केन्द्र मेलौली ८ का प्रमुख दिपक प्रशाद बागलाई दिईएको छ।
समाजसेवी बिष्टले गाउँमा थुप्रै सामाजीक कार्य गरिसकेका छन। उनले केहि महिना अगाडी आफ्नो गाउँमा चोटपटक लागेका सुत्केरी बेथाले च्यापेको महिला अथवा कोहि अत्यन्तै समस्यामा परेका आर्थीक अवस्था कमजोर भएका ब्यक्तिहरुलाई सहयोग गर्ने घोषणा गरेका थिए। सोहि बाचा अनुसार बिष्टले अस्पताल सम्म पुर्याउन गाडीको ब्यवस्था गर्ने र अन्य समस्या समाधानका लागि समेत थुप्रै ब्यक्तिलाई आर्थीक सहयोग गरिसकेका छन।
उनले समाजसेवा मागेर, अरु–अरुबाट संकलन गरेर भन्दापनि स्वयम आफैले कमाएको पैसाबाट हुने बताएका छन। आफु हिजोको दिनमा पनि सामाजको हितमा काम गर्दै आएको र अबका दिनमा पनि सामाजका पक्षमा बोल्ने, काम गर्ने र आर्थीक सहयोग बाचा गरेका छन।
यसैगरी उनले अर्को प्रसगं जोड्दै राजनिति पेसा भन्दापनि सेवा हुनुपर्ने बताएका छन। स्थानीय तहका जनप्रतिनिधिहरुले राजनितिलाई पेसा बनाउनु भन्दापनि समाजसेवाको रुपमा लिनुपर्ने सुझाव दिएका छन।