बैतडी -१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बैतडीमा पनि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । नेपाल ट्रेड युनियन कांग्रेस बैतडीको आयोजनामा जिल्ला सदरमुकाममा सरोकारवाला पक्षसँग अन्तरक्रिया कार्यक्रमगरी श्रमिक दिवस मनाइएको हो ।
कार्यक्रमका सहभागिहरुले श्रमिक अधिकारको पक्षमा धारणा राखेका थिए । सुरक्षित र मर्यादित कामको वातावरण निर्माणमा आ आफ्ने तर्फाबाट सक्दो पहल गर्ने सहभागिहरुले बताएका थिए । यसैगरी श्रम शोषणका सबै अवस्थाको अन्त्य गर्नमा सबै पक्षले लाग्नुपर्नेमा जोड दिइएको कार्यक्रमका सभाध्यक्ष एवं बैतडी टे«ड युनियनका अध्यक्ष बसन्त बिष्टले बताए ।
टे«ड युनियन बैतडीका अध्यक्ष बसन्त बिष्टको सभाध्यक्ष्तामा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि कांग्रेस बैतडीका कार्यवहाक सभापति बिर बहादुर बिष्ट रहेका थिए । कार्यक्रममा समन्वय समितिका पदाधिकारी, विभिन्न पालिकाका प्रमुख एंव प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।