बैतडीः मेलौलीमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी चन्दलाई

बैतडी : मेलौली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नारायण बहादुर चन्दलाई दिइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य संयोजक समेत रहेका चन्दलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो।

प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्मका लागि आर्थिक तथा प्रशासनीक कार्यका लागि जिम्मेवारी दिइएको मन्त्रालयले सूचना मार्फत जनाएको छ। चैत्र २८ गते देखि मेलौली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन थियो।

निर्वतमान प्रमुख प्रशासकीय अधिकृत मेहेन्द्र सिंह रावल सरुवा भएर उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालय काठमाडौं गएपछि रिक्त रहेको मेलौलीमा आर्थिक कारोबार ठप्प थियो। अख्तियारी आएकाले अब आर्थिक कारोबारका कामकारवाही अगाडी बढ्ने प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका चन्दले बताए।

Leave A Reply

Your email address will not be published.