बैतडी: हेरचाह कार्यमा संलग्न महिला वा पुरुषलाई नगद भुक्तानीको माग गर्ने थालिएको छ। बैतडीको पाटन नगरपालिकामा अक्सफाम नेपालको सहयोगमा युवालयले आयोजना गरिएको घरेलु र बेतलबी केयर कामदारको रूपमा महिलाको हेरचाह संवाद कार्यक्रममा सहभागीले यस्तो माग गरेका हुन्।
बिहीबार आयोजना गरिएको कार्यक्रममा घरेलु तथा स्थानीय स्तरका कामदारहरुको अवस्था र श्रमको सम्मानका बिषयमा छलफल गरिएको युवालयले जनाएको छ । घरायसी काम गर्ने गृणीहरुलाई तलबसंग कसरी जोडन् सकिन्छ भने बिषयमा समेत बृहत छलफल भएको वडा नम्बर ५ का वडा अध्यक्ष फुनी बोहराले बताए।
उनले श्रमको सम्मान धनी वा गरिब जोसुकैले गर्नु पर्नेमा जोड दिए । यस्तै कार्यक्रमका सहभागीले हाम्रो समुदायका नागरिकको सोच परिर्वतन गर्ने खालका कार्यक्रम नगरपालिकाले संचालन गर्नु पर्ने माग राखे। महिला समुहका अध्यक्षहरुले सडक मात्र विकास नभई जनताको चेतनास्तरमा बृद्धीका कार्यक्रम नगरपालिकाबाट पनि गर्नु पर्ने धारणा राखेका थिए।
नगरप्रमुख गौरी सिह रावलले हाम्रो समुदायको परिस्थीती बमोजीम हिड्न सके पारिवारीक मेलमिलाप राम्रो हुने धारणा राखे । आफुले बैदेशिक रोजगारमा काम गर्दा केयर कामदारको रुपमा काम गरेको अनुभव सुनाउदै नगरप्रमुख रावलले यसलाई कसरी तलबसंग जोड्ने बिषयमा नगरपालिका गम्भीर रुपले छलफल गर्ने बादी गरे।
युवालयले देशका ३५ स्थानीय तहमा यो कार्यक्रम संचालन गरिहेको पाटन नगरपालिका रोजगार सहायक तथा कार्यक्रमका सहजकर्ता खेमराज अवस्थीले बताए। कार्यक्रम नगर प्रमुख रावल, उपप्रमुख कमलसिह बोहरा, वडा अध्यक्ष, शाखा प्रमुखहरु, महिला समुहका अध्यक्ष, सहकारी का अध्यक्ष, युवा संञ्जालका अध्यक्ष, सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो।