बैतडीको शिवनाथमा निःशुल्क आँखा शिविर सञ्चालन हुदै

बैतडीको शिवनाथमा आँखा शिविर लाग्ने भएको छ। शिवनाथ गाउँपालिका र च्यारिटि हेल्थ फाउण्डेसन नेपाल संग भएको सम्झौता अनुसार बैशाख २९ र ३० गते निशुःल्क आँखा स्वास्थ्य शिविर सञ्चालन हुने गाउँपालिका अध्यक्ष कर्ण सिंह साउँदले बताए ।

दुई दिनसम्म चल्ने आँखा शिविरमा आँखाका बिरामीहरूको निःशुल्क चेकजाँच तथा परामर्श,आँखाको मोतिविन्दु, जलविन्दु र आँखामा मासु पलाएका बिरामीहरूको शल्यक्रिया द्धारा निःशुल्क उपचार गरिने बताईएको छ । शल्यक्रिया गरेका ब्यात्तिलाइ आवश्यक औषधी र कालो चस्मा समेत निःशुल्क वितरण गरिने गाउँपालिका अध्यक्ष साउँदले बताए ।

No description available.

Leave A Reply

Your email address will not be published.