बैतडीको पाटनमा  वैशाख २९ गते कृषि हाट बजारको सुभारम्भ गरिदै

बैतडी बैतडीको पाटन बजारमा कृषि हाट बजारको सुरुवात हुन गइरहेको छ । प्रत्येक महिनाको २९ गते कृषि हाट बजार लगाउने निर्णय भए बमोजिम यही वैशाख २९ गते पाटन बजारको खुलामञ्चमा हाट बजारको सुभारम्भ गरिने नगरपालिकाले जनाएको छ ।

यस कृषि हाट बजारमा स्थानीय किसानहरूले आफ्नो उत्पादन बजारमा ल्याएर बिक्रि गर्न सक्ने बताइएको छ । नगरपालिकाले पहिले देखि नै हाट बजार संचालन गर्ने योजना बनाएको थियो । तर विभिन्न कारण देखाउदै कार्यान्वयनको चरणमा गएको थिएन ।

यस हाट बजारमा पाटन नगरपालिका र छिमेकी पालिकाका स्थानीय किसानहरुले आफुले उत्पादन गरेको कृषि उपजलाई ल्याएर बिक्रि गर्न सक्ने कृषि शाखा प्रमुख महेश प्रसाद अवस्थीले जानकारी दिए । किसानले सोजै उपभोक्ताहरुलाई बिक्रि गरी आफइदा लिन सक्ने उनले बताए ।
कृषि उपज तरकारी, फलफुल मात्रै नभई पशुजन्य उपज तथा स्थानीयस्तरमा उत्पादन गरिएका काठ तथा निगालोका सामाग्रीहरु पनि ल्याउन सकिने नगरपालिकाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.