पञ्चेश्वरमा जारी भलिबल प्रतियोगिताको उपाधि मेलौलीलाई

मेलौली न्यूज
पौष ०८ बिहीबार,२०७८

बैतडीको पञ्चेश्वरमा जारी अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ। यहि पुष ५ गतेदेखि गाउँपालिकाको कुलाउँमा जारी प्रतियोगिता बिहीबार सम्पन्न भएको हो ।

जारी प्रतियोगितामा मेलौली नगरपालिकाले प्रथम स्थान हाशिल गर्दै उपाधि हात पारेको छ । यस्तै सिगास उपविजेता बनेको छ । प्रथम स्थान हाशिल गरेको मेलौलीले १ लाख १० हजार १ सय १ रुपैया नगत सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता बनेको सिगासले ७५ हजार १ सय १ रुपैया कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै दशरथचनद नगरपालिकाले तृतीय स्थान हाशिल गरेको छ । उसले ५० हजार १ सय १ रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने सान्तोना स्थान हाशिल गरेको पञ्चेश्वर ए ले ३० हजार १ सय १ रुपैया ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । पञ्चेश्वर गाउँपालिकाको आयोजनामा यहि पुस ५ गते बाट जारी प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.