बैतडीको शिवनाथमा आँखा शिविर सञ्चालन हुने भएको छ। शिवनाथ गाउँपालिका र च्यारिटि हेल्थ फाउण्डेसन नेपालसंग भएको सम्झौता अनुसार बैशाख भोली र पर्सी निःशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन हुने गाउँपालिका अध्यक्ष कर्ण सिंह साउँदले बताउनुभयो।
दुई दिनसम्म चल्ने आँखा शिविरमा आँखाका बिरामीहरूको निःशुल्क चेकजाँच तथा परामर्श,आँखाको मोतिविन्दु, जलविन्दु र आँखामा मासु पलाएका बिरामीहरूको शल्यक्रियाद्धारा निःशुल्क उपचार गरिने बताईएको छ। शल्यक्रिया गरेका ब्यात्तिलाइ आवश्यक औषधी र कालो चस्मा समेत निःशुल्क वितरण गरिने अध्यक्ष साउँदले बताए।