बैतडीको शिबनाथ गाँउपालिका ६ बसेडिभ्वामा अपाङ्ग ब्यक्तिलाई बाख्रा वितरण

बैतडीको शिबनाथ गाँउपालिका ६ बसेडिभ्वामा अपाङ्ग ब्यक्तिलाई बाख्रा वितरण गरीएको छ। वडाको आर्थीक बर्ष २०८०/०८१ स्वीकृत बार्षीक बजेटबाट ६ जनालाई बाख्रा वितरण गरिएको वडा अध्यक्ष भरत राम पार्कीले बताउनुभयो।

अपाङ्ग हरुको जिवन यापन सहजीकरण कार्यक्रम अन्तर्गत ६ जनालाई एकएक बाख्रा वितरण गरिएको जनाईएको छ। सो कार्यक्रमको लागि वडाले ४० हजार रुपैया छुट्याएको वडा सचिव राज बहादुर चन्दले बताए।

बाख्रा वितरण कार्यक्रममा वडाका जनप्रतिनिधि, कर्मचारी लगायत स्थानीयहरु सहभागि भएका थिए। बाख्राले थोरै भएपनि जिवन यापनमा सहज होस भनेर “ग” र “घ” बर्गका नागरीकलाई बाख्रा वितरण गरीएको वडा अध्यक्ष पार्कीले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.